सुदूरपश्चिममा दलका कार्यालय: नेकपा एसलाई पुरानै, कांग्रेसलाई मिटिङ हल र अन्यलाई बिषयगत समिति – Nepal Press

सुदूरपश्चिममा दलका कार्यालय: नेकपा एसलाई पुरानै, कांग्रेसलाई मिटिङ हल र अन्यलाई बिषयगत समिति

कैलाली । सुदूरपश्चिम प्रदेशमा संसदीय दलको कार्यालय बनाउन कोठा अभाव भएको छ । यस अघि भएका केही दलका कार्यालय धनगढी उपमहानगरपालिकाले सुरु गरेको सडक विस्तारको क्रममा भत्काउनु परेपछि अहिले दलको कार्यालय अभाव सृजना भएको छ ।

केही दिनको लागि अस्थायी रुपमा यहाँ दलको कार्यालय व्यवस्थापन गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए । प्रदेश सभा सचिवालयका अनुसार अहिले ४ सिट रहेको नेकपा एकीकृत समाजवादीलाई पुरानै दलको कार्यालय उपलब्ध गराइएको छ ।

अघिल्लो पटक १४ सांसद हुँदा प्रयोग गरेको दलको कार्यालय आफूलाई दिन नेकपा एकीकृत समाजवादीका सांसदले प्रदेश सभा सचिवालयका कर्मचारीलाई दबाब दिएका थिए ।

सबै भन्दा ठुलो दलको कार्यालय नेकपा एकीकृत समाजवादीलाई उपलब्ध गराएपछि अहिले सबै भन्दा ठुलो दल नेपाली कांग्रेसको लागि मिटिङ हलमा दलको कार्यालय स्थापना गरिएको छ ।त्यस्तै अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको कार्यालयमा एमालेको दलको कार्यालय बनाइएको छ भने विधायन तथा प्रदेश मामिला समितिको कार्यालयमा माओवादी केन्द्रको कार्यालय बनाइएको छ ।

सार्वजनिक लेखा समिति वा सामाजिक विकास समिति मध्ये एक कार्यालयमा नागरिक उन्मुक्तिको कार्यालय बनाउने तयारी भइरहेको छ । एक जना मात्रै सांसद रहेको राप्रपाको लागि प्रदेश सभा सचिवालयले दलको कार्यालय उपलब्ध नगराउने भएको छ । त्यस्तै स्वतन्त्र एक सांसदले पनि दलको कार्यालय पाउने छैनन् ।

सुदूरपश्चिम प्रदेशमा १५ गते पद तथा गोपनीयताको शपथ ग्रहण हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर