आरआर क्याम्पसमा एमालेकै विद्यार्थीहरूबीच नेतृत्वको विवाद, कसले गर्‍यो खुकुरी प्रहार ? – Nepal Press

आरआर क्याम्पसमा एमालेकै विद्यार्थीहरूबीच नेतृत्वको विवाद, कसले गर्‍यो खुकुरी प्रहार ?

काठमाडौं। स्ववियू निर्वाचनका विषयमा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूबीच झडप हुँदा दुईजना घाइते भएका छन् । नेतृत्वको विवाद हुँदा झगडा परेको बताइएको छ ।

विवाद उग्र रूप लिएपछि खुकुरी प्रहार भएको थियो । झडपमा अनेरास्ववियु आआर क्याम्पस अध्यक्ष मदन भण्डारी उपाध्यक्ष लोकेश खड्का घाइते भएका छन् ।

घाइतेको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।

विद्यार्थी कै गुटको झगडा भएको बुझिएको छ । प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्ण गिरी, जलप तामाङ, द्रुतराज लामा र सविन निरौला रहेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर