एनसीसीलाई गाभेर कुमारी बैंकको एकीकृत कारोबार पुस १७ देखि सुरु – Nepal Press

एनसीसीलाई गाभेर कुमारी बैंकको एकीकृत कारोबार पुस १७ देखि सुरु

काठमाडौं । कुमारी बैंकले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई मर्ज गरेर पुस १७ गतेबाट एकीकृत कारोबार गर्ने भएको छ ।मर्जरपछि बैंकको नाम कुमारी बैंक रहने छ भने बैंकको प्रधान कार्यालय टंकालमा रहने भएको हो । हाल ३५५ शाखा रहेको छ ।

मर्जपछि बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ । बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड तथा कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड भएको हो । भने बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुने छ ।

मर्जरपछि एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत नै नयाँ प्रमुख कार्यकारीका रुपमा रमेशराज अर्याल रहने छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *