पूँजी बजारमा ‘ग्रिन सिग्नल’ : नेप्से ५९ अंकले वृद्धि, ४ अर्बको कारोबार – Nepal Press

पूँजी बजारमा ‘ग्रिन सिग्नल’ : नेप्से ५९ अंकले वृद्धि, ४ अर्बको कारोबार

काठमाठौं । दुई दिन यता लगानीकर्ताको आत्मविश्वास निकै बढेको देखिएको छ । सोमबार गठन भएको सरकारले समग्र अर्थतन्त्रसहित पुँजी बजार सुधार योजना आफ्नो मुख्य प्राथमिकतामा राखेको छ ।

मन्त्रिपरिषदको पहिलो बैठकनै समग्र अर्थतन्त्र, ब्याजदर, पूँजीबजारमा केन्द्रित भयो । यसले सेयर बजारमा रौनकता थपियो ।

सोमबार ५६ अंकले बढेको बजार मंगलबार ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा अडिएको छ । मंगलबार ७ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । नेप्से सूचकसँगै कारोबार रकममा पनि ह्वात्तै वृद्धि भएको छ ।

यस दिन ३ अर्ब ८८ करोड रुपैयाँको सेयर कारोबार भएको हो । २६१ कम्पनीको १ करोड २० लाख कित्ता सेयर कारोबार भएको छ । आजको कारोबारमा २० करोड ९४ लाख रुपैयाँसहित लक्ष्मी बैंक अग्रस्थानमा परेको छ । यसैगरी, दोस्रोमा नेपाल टेलिकम र र तेस्रोमा हिमालयन डिष्टिलरी परेका छन् ।

शेयर बजारमा नयाँ सरकार गठन भएसँग सकारात्मक संकेत देखा परेको थियो । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालसहित ८ जना मन्त्रीहरुले सपथ लिएका थिए । यसअघि अर्थमन्त्री बनेर प्रशंसा कमाएका विष्णु पौडेलले पुनः अर्थमन्त्रीको सपथ लिएपछि सोमबार शेयर बजारमा उल्लेखनीय वृद्धि भएको थियो । आज त्यसकै निरन्तरता भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *