जसपाले भोलि दलको नेता छान्ने, मतदानको समय तोकियो – Nepal Press

जसपाले भोलि दलको नेता छान्ने, मतदानको समय तोकियो

काठमाडौं । संघीय संसद्‍मा छैटौं दल जनता समाजवादी पार्टीले दलको नेता छान्न निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार भोलि बिहान ११ बजेदेखि चुनावी प्रक्रिया सुरू हुनेछ । बिहान ११-१२ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

भोलि नै दिउँसो साढे २ देखि साढे ३ बजेसम्म मतदान गरी त्यसपछि परिणाम सार्वजनिक गर्ने जसपाको तयारी छ ।

प्रतिनिधिसभामा जसपाका १२ सांसद छन् । अध्यक्ष उपेन्द्र यादव जनमतका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए । संघीय परिषद्का अध्यक्ष अशोक राई, राजकिशोर यादव र रामसहायप्रसाद यादव दलको नेतामा प्रमुख दाबेदार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर