राप्रपाले प्रदेश १ सरकारमा सहभागिताबारे भोलि निर्णय गर्ने – Nepal Press

राप्रपाले प्रदेश १ सरकारमा सहभागिताबारे भोलि निर्णय गर्ने

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश १ को सरकारमा सहभागिताबारे बुधबार निर्णय गर्ने भएको छ ।

सातदलीय गठबन्धनमा सामेल भएको राप्रपाले केन्द्रमा हाल सरकारमा नजाने निर्णय गरिसकेको छ । प्रदेशमा पनि निर्णय लिन बैठक बोलाइएको हो । प्रदेश १ सभामा राप्रपाका ६ जना प्रदेशसभा सदस्य छन् ।

राप्रपा स्रोतका अनुसार संसदीय दलमा मतऐक्यता नहुँदा सरकारमा सहभागिताको निर्णयको जिम्मा केन्द्रिय परिषद्‍ समितिलाई दिइएको छ ।

राप्रपा प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाले सरकारमा जाने कि नजाने भन्ने विषयको निर्णय गर्ने जिम्मा केन्द्रीय परिषद् समितिलाई दिएको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘भोलि परिषद्को बैठक छ सोही बैठकले सरकारमा जाने/नजाने टुंग्याउनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर