सेयर बजार: २५ मिनेटमा आधा अर्बभन्दा बढीको कारोबार
नेपाल प्रेस
२०७९ पुष १२ गते ११:५७
काठमाडौं । सेयर बजार बिहानैदेखि सुधार आएको छ ।अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै सेयर बजार बढ्न थालेको देखिन्छ । मंगलबार यो समाचार तयार पार्दा सम्म (११ः२५ बजे) सेयर बजारमा ३७२८ अंकले वृद्धि भइसकेको छ ।
२५ मिनेटमा ५८ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से सूचक ४.७२ अंकले बढेको थियो । अहिले नेप्से १९६१.३६ विन्दुमा छ ।
मल्टिपर्पोज फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागिसकेको छ । सोमबार सूचक ५६.८८ अंकले बढेर १९२४.०९ विन्दुमा पुगेको थियो । सोमबार २ अर्ब भन्दा बढीको सेयर कारोबार भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर