ब्याजदर २ प्रतिशत घटाए अहिलेको समस्या समाधान हुन्छ : अग्रवाल – Nepal Press

ब्याजदर २ प्रतिशत घटाए अहिलेको समस्या समाधान हुन्छ : अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले अहिले २ प्रतिशत मात्रै ब्याजदर घटाउन सके पनि देशको अर्थतन्त्रमा भएको संकट हट्ने बताए ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै उनले सो कुरा बताएका हुन् । देशमा अहिले आर्थिक संकट र तरलता अभाव रहेको छ ।

नेपाल उद्योग परिसंघको कार्यालयमा नाफिजसँग भएको छलफलमा देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको समेत बताए ।

अग्रवालले भने, ‘अहिले तरलताको समस्या नै सबैभन्दा ठूलो समस्याको रूपमा रहेको छ । व्याज वृद्धि हुँदै जाँदा पनि लगानी योग्य पूँजीको अभाव छ । लगानी योग्य पूँजी नहुँदा नेपालको अर्थतन्त्र खुम्चिँदै गएको हो । अहिले अर्थतन्त्रमा देखिएको समस्याले जीडीपीमा समेत असर पर्ने छ ।’

नेपाल राष्ट्र बैंकले दिएको ६० अर्ब पुन कर्जा अब उत्पादन नहुने क्षेत्रमा जाने हो की भन्ने चिन्ता समेत व्यवसायीमा देखिन थालेको छ । नयाँ सरकारले निराश भएका उद्योगी र व्यवसायीलाई आसा जगाउने गरेर काम गर्नु पर्ने समेत बताए ।

शुभकामना कार्यक्रममा नेपाल आर्थिक पत्रका संघका अध्यक्ष मोदनाथ ढकालले देशको आर्थिक विषयमा कलम चलाउने पत्रकारको वृद्ध विकासको लागि नाफिजने काम गर्ने बताए । आर्थिक पत्रकारले देशको अर्थतन्त्रको बारेमा कलम चलाउने गरेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *