तस्बिरमा हेर्नुस् सिंहदरबारमा पहिलो मन्त्रिपरिषद बैठक – Nepal Press

तस्बिरमा हेर्नुस् सिंहदरबारमा पहिलो मन्त्रिपरिषद बैठक

काठमाडौं । नवगठित मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको पहिलो औपचारिक बैठकमा मन्त्रीहरु सबैको कार्य विभाजन नभएकाले अरु विस्तृत निर्णय गर्ने एजेण्डा छैनन् ।

यो सामान्य परिचयात्मक बैठयकमात्र भएको बताइएको छ ।

आज प्रधानमन्त्रीसहित ८ जना मन्त्रीहरुले सपथ लिएका छन् । प्रधानमन्त्रीपछिको दोस्रो वरीयताको उपप्रधानमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल नियुक्त भएका छन् । अर्थमन्त्रालयसमेत सम्हाल्ने गरी पौडेल दोस्रो वरीयतामा उपप्रधानमन्त्री नियुक्त भएका हुन् ।

नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार र रवि लामिछाने गृहमन्त्री बनेका छन् । एमालेबाट मन्त्री बनेका ज्वालाकुमारी साह, राजेन्द्रकुमार राई र दामोदर भण्डारीका साथै जनमत पार्टीका अब्दुल खानको कार्यभार भने पछि तोकिने भएको छ ।

यो सरकारलाई नेकपा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति र जनमतको समर्थनप्राप्त छ । नेपालको संविधानअनुसार प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् गठनको प्रावधान भएकाले पछि १७ मन्त्री थप गर्ने प्रधानमन्त्री दाहाललाई सुविधा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर