प्रधानमन्त्रीले पदभार ग्रहण गरेलगत्तै मन्त्रिपरिषद बैठक बस्ने – Nepal Press

प्रधानमन्त्रीले पदभार ग्रहण गरेलगत्तै मन्त्रिपरिषद बैठक बस्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदभार ग्रहण गरेलगत्तै आजै पहिलो मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।

शीतल निवासमा आयोजित शपथ ग्रहण कार्याक्रमपछि अहिले प्रधानमन्त्री प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा रहेको रहेको सहिद तथा वेपत्ता स्मृती स्तम्भमा माल्यार्पण गर्न लागेको प्रचण्ड सचिवालयले जनाएको छ ।

कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा रहेको पुष्पलालको सालिकमा माल्यार्पण गरेर पेरिसडाँडा लागेका हुन् । त्यसअघि लैनचौरस्थित सहिद स्मृति स्मारकमा श्रद्दान्जली अर्पण गरेका थिए ।

पार्टी कार्यालय पेरिसडाँडाबाट फर्केपछि मात्रै प्रधानमन्त्रीले आफ्नो कार्यकक्ष सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्ने स्वकिय सचिव रमेश मल्लले बताए ।

पदभार ग्रहण गरेलगत्तै मन्त्रीपरिषदको पहिलो बैठक बस्ने उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर