कर्णाली प्रदेशका ज्येष्ठ सदस्य शाहीद्वारा शपथ ग्रहण – Nepal Press

कर्णाली प्रदेशका ज्येष्ठ सदस्य शाहीद्वारा शपथ ग्रहण

सुर्खेत । कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शाहले प्रदेश प्रमुख तिलक परियारबाट शपथ लिएका हुन् । शाह प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ छन्।

उनी दैलेख क्षेत्र नं २ को (२) बाट निर्वाचित भएका हुन् । शाहले शपथ लिइसकेपछि अरु सदस्यलाई शपथ गराउने कार्यक्रम आज नै रहेको छ । प्रदेशसभा सचिवालयका अनुसार आजै अपराह्न ३ बजे शपथको तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर