कुन दलबाट कति मन्त्री पठाउने भन्नेबारे छलफल भइरहेको छ: भट्टराई – Nepal Press

कुन दलबाट कति मन्त्री पठाउने भन्नेबारे छलफल भइरहेको छ: भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै केही मन्त्रीहरूले शपथ लिने बताएका छन् ।

संसद भवनमा बसेको गठबन्धनको बैठकबाट बाहिरिने क्रममा सरकारमा जाने मन्त्रीबारे छलफल भइरहेको उनले बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीले आज शपथ ग्रहण गर्नुहुन्छ । गठबन्धनमा रहेका दलहरूबाट अहिले एकएक जना मन्त्री पठाउने कि बढी पठाउने भन्ने छलफल भइरहेको छ । टुंगिएको छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर