सरकारमा जाने निर्णयले रास्वपामा विवाद, गणेश कार्की भन्छन्- सरकारमा जानुपर्ने कारण छैन – Nepal Press

सरकारमा जाने निर्णयले रास्वपामा विवाद, गणेश कार्की भन्छन्- सरकारमा जानुपर्ने कारण छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार जाने राष्ट्रिय स्वतन्त्र पार्टीभित्र विवाद देखिएको छ।

पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकार जाने निर्णय गरेपछि केन्द्रीय सदस्य गणेश कार्कीले असन्तुष्टि जनाएका हुन्।

उनले पार्टी केन्द्रीय कार्यालयलाई असहमति पत्र बुझाएका छन्।

उनले पार्टी सभापति, संसदीय दलको नेता र नेपाली नागरिकलाई सम्बोधन गरेर स्वार्थका लागि जोसँग पनि मिल्ने र छुट्टिने प्रवृत्तिलाई हतारमा समर्थन गर्नु उपयुक्त नहुने सुझाएका छन्।

रास्वपाले समर्थन नगरे पनि सरकार बन्ने अवस्थामा सरकारमा जानु उपयुक्त नभएको उनको बुझाइ छ।

उनले असहमति पत्रमा लेखेका छन्, ‘वाचा पत्रमा फाइल खोल्ने भनेर हाम्रो वाचा पत्रमा नै लेखिएका मुद्दाहरू ललिता निवास सरकारी जग्गा किनबेच काण्ड, वाइड बडी विमान खरिद काण्ड, कोभिड भ्याक्सिन खरिद काण्ड, यति र ओम्नी काण्ड, प्रिन्टिड प्रेस खरिदको ७० करोड रुपैयाँ काण्ड लगायतका काण्डहरू अब के हुन्छन् ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर