रुसी ‘बमर बेस’मा युक्रेनको ड्रोन आक्रमण, तीन जनाको मृत्यु – Nepal Press

रुसी ‘बमर बेस’मा युक्रेनको ड्रोन आक्रमण, तीन जनाको मृत्यु

काठमाडौं । युक्रेनले दक्षिण रुसमा अवस्थित एङल्स बमर बेसमा गरेको ड्रोन आक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

रुसी एअर डिफेन्सले ड्रोनलाई तत्काल गोली प्रहार गरेर निष्क्रिय बनाएको तर ड्रोनको भग्नावशेषले लागेर तीन जनाको हाताहाती भएको बीबीसीले जनाएको छ । रुसले युक्रेनद्वारा रुसी बमर बेसमा गत डिसेम्बर ५ मा पनि आक्रमण गरिएको दाबी गरेको छ ।

युक्रेनले हाल आक्रमण गरेको भनिएको रुसी बमर बेस युक्रेन र रुसको उत्तर पुर्वी सिमानाबाट ५ सय किलोमिटरको दुरीमा रहेको रिपोर्टमा उल्लेख छ । युक्रेनले भने ड्रोन आक्रमणको विषयमा कुनै आधिकारिक पुष्टि गरेको छैन ।

स्थानीय समय अनुसार सोमबार करिब ०१:३५ मा कम उचाइमा उडिरहेको युक्रेनी ड्रोनलाई खसालेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

डिसेम्बर छ मा एयरफिल्ड र रियाजान क्षेत्रमा अवस्थित अर्को एयर बेसमा भएको आक्रमणमा अन्य तीन सैनिकहरू पनि युक्रेनी ड्रोनको भग्नावशेषबाट मारिएको बताइएको थियो ।

हाल आक्रमणमा परेको एङल्स बमर बेसलाई रुसले युक्रेन माथि क्षेप्यास्त्र प्रहार गर्नका निमित्त प्रयोग गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *