छविलाल विश्वकर्मा सभामुखका बलियो दावेदार – Nepal Press

छविलाल विश्वकर्मा सभामुखका बलियो दावेदार

रुपन्देही । नयाँ सत्ता समीकरणमा सभामुख नेकपा एमालेले पाउने भएपछि सो पार्टीका सचिव छविलाल विश्वकर्मा यसको मुख्य दावेदार ठानिएका छन् ।

दलित समुदायबाट पहिलो सभामुखको इतिहास बनाउन पनि उनलाई सो पदमा पुराउन पार्टीलाई दवाव छ । छविलाल सो समुदायबाट प्रत्यक्षमा निर्वाचित एक मात्र सांसद हुन् ।

रुपन्देही १ बाट निर्वाचित उनी पार्टीभित्र पनि पहिलो पटक पदाधिकारीमा पुग्ने दलित समुदायको प्रतिनिधि बनेका छन् । यसअघि मन्त्री पनि भइसकेका र सिनियर नेता भएकाले यो पदका लागि उनी बलियो दावेदार भएको एमाले नेताको तर्क रहेको छ ।

विश्वकर्मा एमाले छाडेर सत्तारुढ गठबन्धन दलबाट उम्मेदार बनेका नेता घनश्याम भुसाललाई पराजित गरेपछि थप चर्चामा आएका छन् । पार्टी अध्यक्ष केपी ओलीको विश्वास पात्र मानिएका उनी अहिले लुम्बिनी प्रदेशको इन्चार्जसमेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर