प्रचण्डलाई बधाई दिँदै मोदीले भने- मिलेर काम गर्न तयार छु
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनिर्वाचित समकक्षी पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् ।
मोदीले सामाजिक सन्जाल ट्वीटरमार्फत् प्रचण्डलाई बधाई सन्देश पठाएका छन् ।
मोदीले नेपाल-भारतबीचको अद्वितीय सम्बन्ध गहिरो सम्बन्ध र जनता-जनताबीचको न्यानो सम्बन्धमा आधारित रहेको उल्लेख गरेका छन् ।
यो मित्रतालाई अझ मजबुत बनाउन प्रचण्डसँग मिलेर काम गर्न तयार रहेको मोदीको शुभकामना सन्देशमा भनेका छन् ।
Warmest congratulations @cmprachanda on being elected as the Prime Minister of Nepal. The unique relationship between India & Nepal is based on deep cultural connect & warm people-to-people ties. I look forward to working together with you to further strengthen this friendship.
— Narendra Modi (@narendramodi) December 25, 2022
How fast ! चक्मा खाएको सुरमा हो कि क्या हो बधाइ पनि ?