फ्ल्यासब्याकमा पुस १० : ‘हामी यहाँ छौं’ भन्दै सडकमा पलेँटी कसेकै दिन प्रचण्ड-माधव छुट्टिए (भिडिओ) – Nepal Press

फ्ल्यासब्याकमा पुस १० : ‘हामी यहाँ छौं’ भन्दै सडकमा पलेँटी कसेकै दिन प्रचण्ड-माधव छुट्टिए (भिडिओ)

काठमाडौं । साविक नेकपाभित्रको विवादबाट जोडिएको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबीचको सहकार्य टुटेको छ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट प्रचण्डले प्रधानमन्त्री नपाएपछि प्रचण्ड-माधवको सहकार्यमा ब्रेक लागेको हो ।

केपी शर्मा ओलीले ०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-माधव एकजुट भएका थिए । संसद विघटनविरुद्ध सडकबाट मोर्चाबन्दी थालेको दुई पुगेकै दिन प्रचण्ड-माधवको सहकार्य टुटेको हो ।

प्रचण्डले प्रधानमन्त्री बन्नका लागि फेरि एमालेसँग सहकार्य गरेपछि माधव नेपाल एक्लिएका हुन् । ओलीले संसद विघटन गरेपछि चार दिन विभिन्न बैठकपछि पुष १० गते निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दबाब बढाउन सडक निस्किएका थिए ।

प्रचण्ड-माधवसहित झलनाथ खनाल, नारायणकाजीसहित शीर्ष नेताहरुले ओलीविरुद्ध माइतिघर मण्डलाको सडकमा ‘हामी यहाँ छौं’ भनेर बसेका थिए । जुन सामाजिक सञ्जालमा भाइरल बन्यो ।

तर, अहिले प्रधानमन्त्रीकै लागि सडकमा गएको दुई वर्ष पुगेकै दिने अलग भए । ओलीलाई बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेका प्रचण्ड अहिले आफैं त्यही पुगेका छन् ।

सिंहदबार सफर तयार गर्न प्रचण्ड बालकोटको बार्दलीमा पुगेका हुन् । सत्ता बहिर्गमनपछि बालुवाटारबाट बाहिरिएपछि ओली बालकोटको बार्दलीमा पुगे सम्बोधन गरेका थिए । त्यही बेलादेखि बालकोटको बार्दली चर्चामा छ ।

अहिले प्रचण्ड ७ दल र तीन स्वतन्त्र गरी १६९ सांसदको सुविधाजनक बहुमतसहित राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीको दाबी पेश गरिसकेका छन् ।

प्रचण्ड प्रधानमन्त्री बन्दैगर्दा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले भनेर सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

प्रचण्डको सत्ता यात्रा तय भएसँगै अध्यक्ष नेपाल प्रतिपक्ष कित्तामा उभिएपछि प्रचण्ड-माधवको सहयात्रा दुई बर्ष पुगेकै दिन ब्रेक लागेको हो ।

प्रतिक्रिया

One thought on “फ्ल्यासब्याकमा पुस १० : ‘हामी यहाँ छौं’ भन्दै सडकमा पलेँटी कसेकै दिन प्रचण्ड-माधव छुट्टिए (भिडिओ)

  1. अब बेदुराम वा माधव नेपालज्युको अन्तर्वार्ता लिए हुने थियो। प्रचण्डलाई उरालेर भत्काउनेमा झलनाथ पनि कम हैनन। कुनै बेला शक्तिशाली रहेका बामदेव अहिले भैसेपाटिमा घाम ताप्दै छन् ।प्रचण्डको इमानको अन्तिम परिक्षा शेष छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर