सरकारमा सहभागी हुन नागरिक उन्मुक्तिका तीन सर्त – Nepal Press

सरकारमा सहभागी हुन नागरिक उन्मुक्तिका तीन सर्त

कैलाली । रेशम चौधरीलगायत बन्दीहरू रिहाइको माग उठाउँदै आएको नागरिक उन्मुक्ति पार्टीले अहिले पनि सरकारमा सहभागी हुने विषयमा तीन सर्त अघि सारेको छ । अहिलेसम्म कुन दलको नेतृत्वमा सरकारमा जाने भन्ने निर्णय नगरिसकेको नागरिक उन्मुक्तिले आफ्ना मागहरू सम्बोधन गर्नेकै नेतृत्वमा सरकारमा जाने बताएको हो ।

काठमाडौँमा सम्पन्न केन्द्रीय समितिको बैठकमा पनि माग सम्बोधन हुने अवस्थामा मात्रै सरकारमा सहभागी हुने निर्णय गरिएको हो । अहिले एमाले नेतृत्वको गठबन्धनमा सहभागी हुने विषयमा पनि पार्टीले तीन सर्त अघि सारेको छ ।

पहिलो सर्तमा रेशम चौधरी लगाएको रिहाइ हुनुपर्ने माग नागरिक उन्मुक्ति पार्टीले अघि सारेको छ । त्यस्तै टिकापुर घटना पछि गिरिशचन्द्रलाल नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न पार्टीले माग राखेको छ । त्यस्तै झूटा मुद्धाहरू खारेजको माग पनि अघि सारेको छ ।

बालकोटमा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ पनि पुगेकी थिइन् । उनले त्यहाँ तीन बुँदे आफ्ना मागहरू राखेकी छन् । एमाले नेतृत्वको गठबन्धनमा जान नागरिक उन्मुक्तिले सहमति जनाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर