अशोक राई भन्छन्- सरकारमा जाने नजाने छलफल गर्छौँ (भिडिओ) – Nepal Press

अशोक राई भन्छन्- सरकारमा जाने नजाने छलफल गर्छौँ (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष अशोक राईले सरकारमा जाने नजानेबारे छलफल गर्ने बताएका छन् ।

सत्ता गठबन्धन टुटेपछि एमाले अध्यक्ष केपी शर्मा ओली निवासबाट बाहिरिने क्रममा अध्यक्ष राईले सरकारमा जानेबारे पार्टीमा छलफल गरेर निर्णय गर्ने बताए ।

उनले भने, ‘संयुक्त बैठकमा सरकार निर्माणमा सँगै जान सकिन्छ सकिदैन भन्ने विषयमा छलफल भयो । अब म त्यही बिषयमा पार्टीभित्र छलफल गर्न हिँडेको हुँ ।’

अहिले ओली निवास बालकोटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङलदेन लगायतका नेताहरु पुगेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर