मधेस प्रदेशमा सोमबार सर्वदलीय बैठक – Nepal Press

मधेस प्रदेशमा सोमबार सर्वदलीय बैठक

जनकपुरधाम । मधेस प्रदेशका नवनिर्वाचित सांसदहरुको सपथग्रहण र सरकार गठन विषयमा छलफल गर्न सर्वदलीय बैठक डाकिएको छ ।

प्रदेशसभा सचिवालयले सोमबारका लागि सर्वदलीय बैठक आह्वान गरेको हो । नवनिर्वाचित सांसदहरुको सपथ ग्रहण, सरकार गठन र संसदीय दलको कोठा व्यवस्थापनका लागि बैठक डाकिएको प्रदेशसभा सचिवालय सचिव रञ्जित यादवले जानकारी दिए ।

मंसिर ४ मा भएको निर्वाचनबाट प्रदेशसभामा नयाँ तीनसहित १० दल पुगेको छ । सर्वदलीय बैठकमा १० वटै दलका प्रतिनिधिलाई बोलाइएको छ । दलको संख्या बढेपछि संसदीय दलको कोठा व्यवस्थापन गर्न समस्या भएको बुझिएको छ ।

निर्वाचित सांसदहरुमध्ये ज्येष्ठ ७१ वर्षीय नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने छन् । तर, उनी बिरामी रहेकाले ७० वर्षीय स्वतन्त्र सांसद शारदाशंकर प्रसाद साहले सपथग्रहण गराउने अवसर पाउने भएका छन् ।

१०७ सदस्यीय मधेसमा २३ सीटसहित नेकपा एमाले पहिलो दल बनेको छ । २२ सीटसहित नेपाली कांग्रेस दोस्रो र १६ सीटसहित जसपा तेस्रो दल दल बनेका छन् ।

यस्तै जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ८, लोसपाका ९ र स्वतन्त्र ६ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर