देउवालाई प्रचण्ड-माधवको प्रस्ताव : अब राष्ट्रपति, प्रधानमन्त्री र सभामुख एक/एक जनाले बाँडौं – Nepal Press

देउवालाई प्रचण्ड-माधवको प्रस्ताव : अब राष्ट्रपति, प्रधानमन्त्री र सभामुख एक/एक जनाले बाँडौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई मुख्य संवैधानिक पद तीन पार्टीलाई मिलाएर बाँड्न प्रस्ताव गरेका छन् ।

प्रचण्ड र माधव नेपालले देउवालाई राष्ट्रपति, प्रधानमन्त्री र सभामुख एक-एक पार्टीलाई बाँड्न प्रस्ताव गरेका हुन् । बालुवाटारमा जारी छलफलमा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पनि छन् ।

माओवादी एक नेताले भने, ‘तीन पदमा तीन पार्टीलाई एउटा-एउटा गरेर लिऔँ । कांग्रेस ठूलो दल भएकाले पहिला उसले रोजेर लिन्छ । त्यसपछि दुई पद हामी मिलाएर लिन्छौँ । नेताहरूले यही प्रस्ताव गर्नुभएको छ ।’

अहिले बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरू निर्णायक छलफलमा जुटेका छन् । प्रचण्ड-माधवले एक/एक पद लिन प्रस्ताव गरेपनि देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान दोहोर्‍याएका छन् ।

कांग्रेस अडानबाट ब्याक नभए गठबन्धन टुट्ने प्रचण्डले बताइसकेका छन् । गठबन्धनमा विवाद बढेपछि माओवादी र कांग्रेस दुवैले एमालेसँग पनि निरन्तर छलफल गरिरहेका छन् ।

प्रतिक्रिया

One thought on “देउवालाई प्रचण्ड-माधवको प्रस्ताव : अब राष्ट्रपति, प्रधानमन्त्री र सभामुख एक/एक जनाले बाँडौं

  1. माधव नेपालको यो हिम्मत ? १९००० ले जितेको ठाउँमा पार्टीको भोट जम्मा १३०० आएको छ । काँग्रेसका भोटले जितेर लाजै नमानी काँग्रेससँग बार्गेनिङ् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर