बिन्तीकुमारको ‘अमिलो कागती’ मा उषा र मनोजको रोमान्स – Nepal Press

बिन्तीकुमारको ‘अमिलो कागती’ मा उषा र मनोजको रोमान्स

काठमाडौं । गायक बिन्तीकुमार गुरूङले अमिलो कागती बोलको गीतको भिडिओ लिएर आएका छन् । प्रवासमा रहेर नेपाली कला र गीत संगीतलाई निरन्तरता दिँदै आएका गुरुङको उक्त गीतमा उनको साथै मेलिना राईको स्वर रहेको छ । शब्द तथा संगीतमा दीपक शर्मा छन् ।

छायांकन बुद्ध थापा तथा विष्णु खड्काको सम्पादन रहेको म्युजिक भिडिओलाई रायन कार्कीले निर्देशन गरेका छन् । प्रेमिल जोडीको प्रेम र रोमान्सका किस्साहरूसहित प्रेममा परेपछिको खुसीयालीलाई भिडिओमा देखाइएको छ ।

उषा उप्रेती र मनोज गुरूङले यस म्युजिक भिडिओमा अभिनय गरेका छन् । भिडिओ बिन्तीकुमारले अफिसियल च्यानल ज्यासमिन क्रियसनबाट बजारमा ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *