बागमतीका सांसदको शपथ बिहीबार, मातृभाषामा शपथका लागि अग्रिम जानकारी दिनुपर्ने – Nepal Press

बागमतीका सांसदको शपथ बिहीबार, मातृभाषामा शपथका लागि अग्रिम जानकारी दिनुपर्ने

हेटौडा । बागमती प्रदेशसभा सदस्य (सांसद) को शपथग्रहण बिहीबार हुने भएको छ । प्रदेशसभा सचिवालय हेटौँडामा बिहीबार दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । त्यसअघि बुधवार ज्येष्ठ सदस्यको शपथ ग्रहणको कार्यक्रम छ । ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउनेछन् ।

प्रदेशसभा सचिवालयले शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र लिएर आउन भनेको छ ।

सचिवालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय पोसाक वा आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेशसभा सदस्य पदको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको ६ वटा फोटो ल्याउन भनेको छ ।

त्यस्तै, प्रदेश सभाका सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको ब्यहोरा मातृभाषामा अनुवाद गरी तीन दिन अघि नै उपलब्ध गराउन भनिएको छ ।

यहाँ प्रदेशका १०९ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर