टी-२० लिग : लुम्बिनीले फार वेस्टलाई दियो १५३ रनको लक्ष्य – Nepal Press

टी-२० लिग : लुम्बिनीले फार वेस्टलाई दियो १५३ रनको लक्ष्य

काठमाडौं । आज देखि सुरु भएको नेपाल टी–२० लिगको दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले फार वेस्टर्न युनाईटेडलाई १ सय ५३ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रनको योगफल तयार गर्‍यो ।

लुम्बिनीका लागि ओपनर लाहिरु मिलान्थाले सर्वाधिक ६० रनको योगदान गरे । उनले, ५० बलमा ८ चौका र १ छक्का प्रहार गरे ।

कप्तान दीपेन्द्रसिंह ऐरीले ३५ रन, बनाउँदा विपुल शर्मा १२ रनमा आउट भए ।

गुलसन झाले ९ बलमा तीन छक्काको मद्दतमा २५ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

फार वेस्टको बलिङमा करण केसी र उमार अलीले समान तीन/तीन विकेट लिए ।

उद्घाटन खेलमा काठमाडौं नाइट्सले पोखरा एभेन्जर्सलाई २६ रनले हराएको थियो ।

तस्बिरहरु : गौरव पौडेल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर