खुमलटार पुगेका रामचन्द्रलाई प्रचण्डले भने- तपाई राष्ट्रपति, म प्रधानमन्त्री बन्ने हो – Nepal Press

खुमलटार पुगेका रामचन्द्रलाई प्रचण्डले भने- तपाई राष्ट्रपति, म प्रधानमन्त्री बन्ने हो

राष्ट्रपति पदका लागि प्रचण्ड-  माधवको समर्थन लिन पौडेलको घरदैलो

काठमाडौं । नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री गठबन्धनबाट नपाए एमालेसँग मिल्ने प्रष्ट कुरा बताएका छन् ।

शनिवार आफूलाई भेट्न निवासमा आएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको अडानबाट पछि नहट्ने बताएका हुन् ।

प्रचण्डले आफ्नै कारण अहिले शेरबहादुर देउवा प्रधानमन्त्री बन्न पाएको भन्दै उनले अब माओवादीले पालो पाउनुपर्ने बताएका छन् । पौडेलले प्रचण्डलाई भेटेपछि केही नेताहरूलाई गरेको ब्रिफिङ अनुसार प्रधानमन्त्री नपाए उनी गठबन्धनमा नरहन सक्छन् ।

प्रचण्डले आफू प्रधानमन्त्री र रामचन्द्र पौडेल राष्ट्रपति बन्दा शान्ति प्रक्रियाको स्पिरिट पनि मिल्ने र न्याय पनि हुने बताएका छन् । देउवाले डेढ वर्ष सरकार चलाइसकेकाले अब पहिलो चरणको प्रधानमन्त्रीमा आफ्नो हक लाग्ने प्रचण्डको भनाइ छ ।

पौडेलकै कारण अहिलेको गठबन्धन बनेको भन्दै प्रचण्डले यसमा देउवालाई पनि कन्भिन्स गर्न आग्रह गरेका छन् । पौडेलले भने गठबन्धनको औचित्य नसकिएकाले को पहिले प्रधानमन्त्री बन्ने भनेर देउवा र प्रचण्डबीचमै समझदारी हुनुपर्नेमा जोड दिएका छन् ।

प्रचण्डलाई भेटे लगत्तै रामचन्द्र पौडेलले शनिवार नै नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । पौडेलले आफू राष्ट्रपति बन्ने कुरामा दाहाल र नेपाल दुवैको सहमति लिन चाहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर