ज्ञानेन्द्रलाई जानकी मन्दिरमा रातो कार्पेट, राजा आऊ देश बचाउको लाग्यो नारा (भिडिओ) – Nepal Press

ज्ञानेन्द्रलाई जानकी मन्दिरमा रातो कार्पेट, राजा आऊ देश बचाउको लाग्यो नारा (भिडिओ)

जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ तथा दर्शन गरेका छन् ।

शुक्रबार पूर्वबाट मधेशको राजधानी समेत रहेको जनकपुरधाम आएर बसेका थिए । हिजो साँझ गंगा आरतीमा सहभागी भएका उनले आज जानकी मन्दिर पुगेर दर्शन तथा पूजापाठ गरे ।

पूर्वराजा ज्ञानेन्द्र जानकी मन्दिर पुगेपछि समर्थकहरुले ‘राजा आउ, देश बचाउ’ नारा लगाएका छन् । मन्दिरमा उनलाई महन्थ, साधुसन्त र हजारौं समर्थकले स्वागत गरेका हुन् ।

जानकी मन्दिरले पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि रेट कार्पेट  विच्छाइएकाे थियाे । परिवारसहित आएका उनले हिजो राति जिरोमाइलस्थित सिताशरण होटलमा बिताए । आज बृहत्तर जनकपुर परिसरमा खुलेको सुविधासम्पन्न होटल सोल्टीमा बस्ने बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर