ओमरजाईको आक्रामक ब्याटिङमा काठमाडौंले पोखरालाई दियो १६३ रनको लक्ष्य – Nepal Press

ओमरजाईको आक्रामक ब्याटिङमा काठमाडौंले पोखरालाई दियो १६३ रनको लक्ष्य

काठमाडौं । अज्मतुल्लाह ओमारजाईको आक्रामक ब्याटिङमा काठमाडौं नाइट्सले पोखरा एभेन्जर्सलाई १ सय ६३ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टि–२० लिगको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रनको योगफल तयार गरेको थियो ।

काठमाडौंको ब्याटिङमा ओमारजाईले सर्वाधिक ८५ रनको योगदान गरे । उनले ४२ रनमा ७ छक्का र तीन चौका प्रहार गरे ।
८.४ ओभरमा ५ विकेट गुमाएर ४८ रन मात्रै बनाएको काठमाडौंका लागि ओमारजाईले सुनम गौतमसँग १ सय १४ रनको साझेदारी गरे ।

सुनम २८ बलमा २ चौकासहित २७ रनमा अविजित रहे । ओपनर सान्तोष कार्की ३ रनमा आउट हुँदा विरन्दिप सिंहले १० रन जोडे ।
कप्तान ज्ञानेन्द्र मल्ल शून्यमा पभेलियन फर्किएका थिए । एलेक्स ब्लेक २१ रन र लोकेश बम ४ रनमा आउट भए ।

पोखराको बलिङमा प्रतिस जिसी र जाहिर खानले समान २ विकेट लिए भने, मौसम ढकालले एक विकेट लिए । आजै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेड भिड्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *