नेशनल लाईफको ‘चेयरपर्सन क्लव’ तालिम सम्पन्न – Nepal Press

नेशनल लाईफको ‘चेयरपर्सन क्लव’ तालिम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताका लागि ३ दिने ‘चेयरपर्सन क्लव’ तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

गत मंगलबार काठमाडौंको होटल सोल्टीमा सञ्चालन भएको ‘चेयरपर्सन क्लव’ तालिममा कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितीमा क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरिएको थियो ।

चेयरपर्सन क्लब’मा छनौट भएका सबै अभिकर्ताहरुलाई सदस्यता वितरण र विभिन्न विधामा सर्वोत्कृष्ट घोषित भएका अभिकर्तालाई कम्पनीका अध्यक्ष सिंहले सम्मान गरेकी थिइन् ।कम्पनीले व्यवसायमा थप हौसला प्रदान गर्न भारतका मोटिभेटर प्रशिक्षक सइद अफ्जल अहमदबाट उत्तप्रेरणा तथा जीवन बीमा बिक्रय कला सम्वन्धि तालिम दिइएको थियो ।

सो समारोहमा सात वटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलग अलग प्रथम, द्धित्तिय, तृत्तिय हुने लिडर अभिकर्ताहरु र नेपालभरबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलग अलग उत्कृष्ट ७ जना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो  ।

नेपालभरबाट आफ्नो कोड र संजालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्धितिय र तृत्तिय हुने अभिकर्ताहरु र समूहगत व्यवसायबाट प्रथम हुने १ जना गरी ७ जना लाई विशेष सम्मान सहित नगद पुरस्कार दिइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *