एन्फालाई अन्जन विष्टको प्रश्न- तपाईंहरुलाई खेलाडीको चिन्ता लाग्दैन ? – Nepal Press

एन्फालाई अन्जन विष्टको प्रश्न- तपाईंहरुलाई खेलाडीको चिन्ता लाग्दैन ?

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अन्जन विष्टले घरेलु लिग फुटबल संचालनमा भइरहेको ढिलासुस्तीलाई लिएर आक्रोश व्यक्त गरेका छन्।

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)लाई सम्बोधन गर्दै उनले आफ्नो निराशा व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘अझै धेरै खेलाडीहरु विदेशिएको देख्न चाहनुहुन्छ ?’

फेसबुकमा उनले लामो स्टाटस लेख्दै लिग आयोजना गर्ने जिम्मेवारी कस्को हो भन्दै प्रश्न गरेका छन्। अन्जनले यसअघि पनि एन्फाप्रति आक्रोश व्यक्त गर्दै आएका थिए।

नेपालमा लामो समयदेखि घरेलु लिग फुटबल आयोजना हुन सकेको छैन। खेलाडीको प्रमुख आयस्रोत मानिएको लिग हुन नसक्दा पछिल्ला केही महिनामा करिब दुई दर्जन राष्ट्रिय फुटबलर विदेशिएका छन्।

उनले आर्थिक बहाना देखाएर क्लब पन्छिरहेको भन्दै उनीहरुसँग पनि गुनासो गरेका छन्। एन्फा र क्लबको लडाईमा खेलाडीको जीवन अस्तव्यस्त बनेको भन्दै उनले लेखेका छन्,’ खेलाडीहरुको रगत पसिनामा कहिलेसम्म तपाईंहरु स्वार्थपूर्ति गर्नुहुन्छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर