नेपाल टी-२० लिगको विजेताले ५५ लाख पाउने (भिडिओ) – Nepal Press

नेपाल टी-२० लिगको विजेताले ५५ लाख पाउने (भिडिओ)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल टी-२० लिगको विजेता टिमले ५५ लाख पाउने भएको छ ।

क्यानले  आज पत्रकार सम्मेलन आयाेजना गरी नेपाल टी-२० लिगको विजेता टिमले ५५ लाख पाउने  बताएकाे हाे ।  यस्तै दाेस्राे हुने टिमले ३० लाख, तेस्राे र चाैथाे हुनेले क्रमशः १० र ५ लाख पाउनेछन् ।

प्रतियाेगिताकाे सर्वाेत्कृष्ट खेलाडीले पाँच लाख, उत्कृष्ट बलर र ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्नेछन् । यस्तै इमर्जिङ प्लेयरले १ लाख ४० हजार र प्लेयर अफ दि म्याचले ४० हजार प्राप्त गर्नेछन् ।

कीर्तिपुर मैदानमा शनिबार हुने उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स भिड्नेछन् । डबल लिग राउन्ड रोबिनपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

उक्त खेलमा पराजित हुने टोलीले तेस्रो र चौथो स्थानबीच हुने खेलको विजेतासँग फेरि फाइनल पुग्न प्रतिस्पर्धा गर्नेछ । यसअघि प्रतियोगिता शुक्रबारदेखि सुरू हुने भनिए पनि प्राविधिक तयारी नपुगेको भन्दै एक दिन सारिएको हो ।

प्रतियोगिता आयोजना गर्न भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग गत वर्ष सम्झौता गरेको क्यानले यो सहित तेस्रो पटक प्रतियोगिता सारेको हो ।

गत असोज कात्तिकमा आयोजना हुने भनिएको प्रतियोगिता सुरक्षाका कारण देखाउँदै सारिएको थिए ।

त्यसबेला टी–२० लिगकै लागि भनेर नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता क्यानले भदौको झरीमा आयोजना गर्‍यो ।

वर्षाका कारण पुरै खेल अवरुद्ध हुँदा कुनै टिमले टस जितेकै आधारमा पदक जितेका थिए ।

नेपाल टी–२० लिग घोषणा गरे देखिनै विभिन्न विवादहरू भइरहेका छन् । क्यानले प्रतियोगिताका लागि खेलाडी अक्सन पनि सुटुक्क सकेको थियो ।

मंसिरमा आयोजना गर्ने भनिए पनि अन्तिम समयमा काठमाडौं गोर्खाजले नाम फिर्ता लिएपछि क्यानले प्रतियोगिता सार्ने अर्को बहाना भेटेको थियो ।

तस्बिरहरु : गौरव पौडेल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर