घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपाल प्रेस
२०७९ पुष ८ गते १२:०१
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार दुई सय रुपैयाँले ओरालो लागेको छ । हिजो प्रतितोला एक लाख एक हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख तीन सय रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन मूल्य एक लाख एक हजार थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार तीन सय ९० कायम भएको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर