नेपाल टी-२० लिग एक दिन सर्‍यो, शनिबारदेखि सुरू हुने – Nepal Press

नेपाल टी-२० लिग एक दिन सर्‍यो, शनिबारदेखि सुरू हुने

काठमाडौं । नेपाल टी-२० लिग क्रिकेट एक दिन सरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता शनिबारदेखि सुरू हु्ने जनाएको छ ।

यसअघि शुक्रबारदेखि सुरु हुने तय थियो । तर, प्राविधिक तयारी पूरा नभएको भन्दै एक दिन धकेलिएको क्यानले जनाएको छ । विदेशी खेलाडीको श्रम स्विकृति प्रक्रियालगायत कामहरू पूरा हुन बाँकी रहेको बताइएको छ ।

करिब तीन सातासम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर