रवि लामिछानेले भने- सरकारको नेतृत्व हामीले गर्नसक्ने सम्भावनाबारे पनि छलफलमा छौं – Nepal Press

रवि लामिछानेले भने- सरकारको नेतृत्व हामीले गर्नसक्ने सम्भावनाबारे पनि छलफलमा छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आगामी सरकारको नेतृत्वमा आफ्नो पार्टीको पनि दाबी रहने संकेत गरेका छन् । उनले सरकारको नेतृत्व रास्वपाले गर्न सक्ने सम्भावनाबारे पनि छलफल गरिरहेको बताए ।

आज सांसदको सपथग्रहण समारोहमा जाने क्रममा पत्रकारहरुले लामिछानेलाई घेरेर विभिन्न प्रश्न सोधेका थिए । आफ्नो नागरिकता र पासपोर्टका विषयमा सोधिएको प्रश्नमा उनले यो विषय न्यायालयमा रहेको भन्दै बोल्न मानेनन् । राजनीतिक प्रश्नको चाहीँ खुलेर जवाफ दिए ।

लामिछानेलेलाई ठूला दलका पुरानै नेताले नेतृत्व गर्ने अवस्थामा रास्वपा सरकारमा जान्छ कि जाँदैन भनेर सोधिएको थियो । उनले त्यस्तो सम्भावनालाई इन्कार गरेनन् ।

उनले भने, ‘आमनागरिकले मत दिएर, विश्वास गरेर उहाँहरुलाई जिताइसकेपछि हामीले जनमतको कदर नगर्ने कुरा आउँदैन ।’ यद्यपि, आफ्नै पार्टीले सरकारको नेतृत्व गर्ने भित्री चाहना पनि लामिछानेले प्रकट गरे ।

उनले थपे, ‘अबको छलफल कुन ढंगले अगाडि बढ्छ भन्न सकिन्न । हामीलाई सरकार बनाउन पुग्ने जनमत त छैन । यद्यपी, कसैलाई पनि बहुमत नआएको परिप्रेक्षमा चांैथो ठूलो दलको हैसियतमा कुनै ढंगबाट हामीले नै नेतृत्व गर्न सक्ने अवस्था रहन्छ कि भन्नेलाई पनि छलफलको विषय बनाएका छौ । बाँकी हेर्दै जाउँ ।’

यद्यपि, जनमतका आधारमा ठूला राजनीतिक दलले नै सरकार चलाउने पहिलो हक राख्ने उनको भनाइ थियो । राजनीतकि दलहरु अनिर्णयको बन्दी बन्नु नहुनेमा लामिछानेले जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर