शपथपछि शीर्ष संवाद (तस्बिरहरू) – Nepal Press

शपथपछि शीर्ष संवाद (तस्बिरहरू)

काठमाडौं । नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ लिएपछि चियापान समारोहमा सहभागी भएका छन् ।

संसद सचिवालयले आयोजना गरेको चियापनामा प्रधानमन्त्री शेरबहादुर देउवासहित अधिकांश सांसदहरू सहभागी भएका छन् ।

चियापान कार्यक्रममा प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरूबीच सौहार्दरूपमा संवाद भएका छन् । एउटै सोफामा बसेको ओली र प्रचण्ड पनि प्रफुल्ल देखिएका छन् ।

साविकको नेकपा भंग भएपछि एकअर्काको चर्को आलोचनामा उत्रिएका ओली र प्रचण्ड निर्वाचनको नतिजापछि एकअर्काप्रति नरम भएका छन् ।

सरकार गठनका विषयमा दलहरूबीच आन्तरिक रूपमा संवाद पनि भइरहेको छ । २७४ सांसदहरूलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर