चलचित्र विकास बोर्डविरुद्ध आन्दोलन घोषणा – Nepal Press

चलचित्र विकास बोर्डविरुद्ध आन्दोलन घोषणा

काठमाडौं । चलचित्र विकास बोर्डले चलचित्र व्यवसायीको समस्यालाई गम्भीरतापूर्वक नलिएको भन्दै नेपाल चलचित्र संघले आन्दोलनको घोषणा गरेको छ ।

एकपछि अर्को निर्णय गर्दै व्यवसायलाई विस्थापित गर्ने गतिविधि गरेको भन्दै बोर्डविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । विकास बोर्ड निष्पक्ष हुन नसकेको जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिने सर्वसम्मत निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

बुधवार नेपाल चलचित्र संघको राष्ट्रिय भेलाले महासचिव नरेन्द्र महर्जनको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समितिको गठन गरेको थियो। उक्त भेलापश्चात् चरणबद्ध आन्दोलनमा उत्रिने निष्कर्ष सहित संघले बिहीबार विज्ञप्ति जारी गरेको हो।

विज्ञप्तिमा समावेश गरिएको चरणबद्ध आन्दोलन यस प्रकारको रहेको छ।

पुस १२ गते सञ्चार तथा प्रविधि मन्त्रालयमा ज्ञापन पत्र बुझाउने

पुस १५ देखि १७ गतेसम्म फिल्म हलमा कालो पट्टी बाँधी विरोध प्रदर्शन गर्ने

दुई घण्टा चलचित्र विकास बोर्डमा धर्ना र बोर्डमा तालाबन्दी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *