के अर्जेन्टिनाले मेसीको फोटो राखेर नाेट निस्काशन गरेकाे हो? – Nepal Press

के अर्जेन्टिनाले मेसीको फोटो राखेर नाेट निस्काशन गरेकाे हो?

काठमाडौं । विश्वकप विजेता कप्तान लियोनल मेसीको फोटो अर्जेन्टिनी नोटमा छापिएको तस्बिर अहिले समाजिक सञ्जालमा भाइरल भईरहेको छ ।

गत आईतबार अर्जेन्टिनाले कतारमा सम्पन्न विश्वकप २०२२ फाइनलमा फ्रान्सलाई हराउँदै ३६ वर्षपछि विश्वकप उपाधि जितेको थियो । त्यहि खुसियालीमा मेसीको फोटो नोटमा छापिएको भन्ने चर्चा सामाजिक सञ्जालमा भईरहेको छ ।
तर, के साच्चै मेसीको फोटो अर्जेन्टिनी नोटमा छापीएको हो त?

सन् १९७८ मा पहिलो विश्वकप उपाधि जित्दा अर्जेन्टिना केन्द्रीय बैंकले विश्वकप जितेको सम्झनामा व्यावसायिक सिक्का सार्वजानिक गरेको थियो ।

तेस्रो विश्वकप जितेको अर्जेन्टिना फुटबल टिमका लागि पनि केन्द्रिय बैंकले एक हजार ‘पेसो’ नोटमा मेसीको फोटो राख्नेबारे केन्द्रीय बैंकले तयारी मात्रै गरिरहेको अन्तर्राष्ट्रिय मिडियाले जानकारी गराएका छन् ।

एल फिनान्सिरो पत्रिकाका अनुसार दक्षिण अमेरिकी देशका वित्तिय परिचालक र निकायका अधिकारीहरु यतिबेला आफ्नो राष्ट्रको ऐतिहासिक विश्वकप उपाधि यादगार बनाउन विभिन्न विकल्पहरु खोजिरहेका छन् ।
त्यसैमा उनीहरुले ल्याएको एउटा विचार मेसीको फोटो नोटमा राख्ने हो । त्यसबाहेक नोटमा फोटो राख्ने भन्ने पक्का भने भइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर