मनाङमा सबैभन्दा कम मत बदर – Nepal Press

मनाङमा सबैभन्दा कम मत बदर

मनाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा  हिमाली जिल्ला मनाङमा सबैभन्दा कम अर्थात् ०.३९ प्रतिशत मत बदर भएको छ ।

मनाङमा प्रत्यक्षतर्फ ०.३९ र समानुपातिकतर्फ ०.९५ प्रतिशत बदर भएको छ ।प्रतिनिधिसभामा प्रत्यक्षतर्फ देशभर भने ५.०६ र समानुपातिकतर्फ ५.०९ प्रतिशत मत बदर भएको छ ।

प्रत्यक्षतर्फ कुल मतदाताको ६१.४१ प्रतिशत अर्थात् १ करोड १० लाख ४७ हजार ३४ मत खसेको थियो । जसमा ५ लाख ५९ हजार ७६ मत बदर भएको हो ।

गण्डकीका ११ जिल्लामध्ये तनहुँमा सबैभन्दा धेरै ५.६५ र सबैभन्दा कम मनाङमा ०.३९ प्रतिशत बदर भएको छ ।

समानुपातिकतर्फ भने धेरै अर्थात् ५.७३ प्रतिशत मत गोरखामा बदर भएको छ । थोरै अर्थात् ०.९५ प्रतिशत बदर मनाङमा भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर