उमाशंकर अगरियाको रिटमा सर्वोच्चको कारण देखाउ आदेश – Nepal Press

उमाशंकर अगरियाको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

जनकपुरधाम । धनुषा क्षेत्र नम्वर २ मा षड्यन्त्र गरी हराएको भन्दै पुनः मतगणनाको माग गर्दै नेकपा एमालेका उम्मेदवार उमाशंकर अगरियाले दर्ता गराएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

उम्मेदवार अरगरियाले धनुषा २ का मुख्य निर्वाचन अधिकृत धर्मअवतार कोइराला, निर्वाचित भएका कांग्रेस उम्मेदवार रामकृष्ण यादव, निर्वाचन आयोगलगायतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

सो रिटमा अदालतले निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई कारण देखाउ आदेश दिएको हो । अदालतले मतगणना समयको सिसिटिभी फुटेज र मतपत्र पनि सुरक्षित राख्न भनिएको बुझिएको छ ।

यहाँबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका यादवलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले १५७ मतले विजयी भएको घोषणा गरेको थियो । तर, एमाले उम्मेदवार अरगरियाले करिब ४ सय सदर मत नै गणना नगरेको दाबी गरेका छन् ।

प्रतिनिधिसभातर्फको मतपत्र बाकसमा गएको अवस्थामा त्यसलाई पनि गणना गर्नुपर्ने आयोगको निर्देशिकामा व्यवस्था रहे पनि त्यसो नगरी आफूलाई षड्यन्त्रपूर्वक पराजित गराएको अरगरियाको दाबी छ ।

‘४ सयभन्दा बढी सदर मतलाई बदर गरिएको, कुन मतदान केन्द्रमा कति मत खसेको र कति गणना भएकोलगायतका सूचना माग्दासमेत मुख्य निर्वाचन अधिकृतले नदिएपछि षड्यन्त्र गरेको पुष्टि हुन्छ’, उनले भने, ‘पुनः मतगणनाको माग गरेको छु । पुनः मतगणना भयो भने म चुनाव जित्नेमा ढुक्क छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर