वेस्ट इन्डिजका मकर्थीले विराटनगरको कप्तानी गर्ने, रोहित उपकप्तान – Nepal Press

वेस्ट इन्डिजका मकर्थीले विराटनगरको कप्तानी गर्ने, रोहित उपकप्तान

काठमाडौं । विराटनगर सुपर किङ्सले वेस्ट इन्डिजका आन्द्रे मकार्थीलाई कप्तानको जिम्मेवारी दिएको छ ।

शुक्रबारदेखि हुने नेपाल टी-२० लिगका लागि टीम घोषणा तथा जर्सी सार्वजनिक कार्यक्रममा मकार्थीलाई विराटनगरका म्यानेजर राहुल शर्माले कप्तान घोषणा गरेका हुन् ।

यस्तै नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले उपकप्तानको जिम्मेवारी पाएका छन् ।

विराटनगरको टीममा ६ जना विदेशी खेलाडी रहेका छन् । जिम्बावेका सिकन्दर राजा, पाकिस्तानका हुसेन टलत, जिम्बावेका कप्तान मकार्थीसहित किओन जोसेफ र राजननन् रहेका छन् । यस्तै अमेरिकाका गौरान्सु शर्मा रहेका छन् ।

१७ सदस्यीय टीममा नेपालका रोहित पौडेल, अर्जुन साउद, नन्दन यादव, विवेककुमार यादव, साहब आलम, अमरसिंह रौटेला, नारायण जोशी, सूर्य तामाङ, प्रदीपसिंह ऐरी, पृथु बास्कोटा र रिजन ढकाल रहेका छन् ।

विराटनगरको प्रशिक्षण वेस्ट इन्डिजकै लिनदेन फ्रासेरले सम्हाल्नेछन् । विराटनगरले पहिलो खेल शनिबार लुम्बिनी अलस्टार्ससँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर