ज्येष्ठ सांसद राणाले राष्ट्रपतिबाट लिए शपथ (भिडिओ) – Nepal Press

ज्येष्ठ सांसद राणाले राष्ट्रपतिबाट लिए शपथ (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रूपमा राप्रपा सांसद पशुपतिशमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् । बुधबार शीतल निवासमा एक समारोहबीच राष्ट्रपति भण्डारीले राणालाई शपथ गराएकी हुन् ।

बिहीबार ज्येष्ठ सदस्य राणाले २७४ प्रतिनिधिसभा सदस्यलाई शपथ गराउने छन् । निर्वाचन आयोगमा भरेको व्यक्तिगत फारममा महिन्द्रराय यादवको उमेर ८५ वर्ष उल्लेख थियो । तर, उनले आफ्नो नागरिकतामा उमेर धेरै भएको भन्दै शपथ नलिने जानकारी गराएपछि आयोगले संसद् सचिवालयलाई ८१ वर्षीय राणालाई ज्येष्ठ सदस्यको नाम पठाएको थियो । सोही नाम संसद् सचिवालयले राष्ट्रपतिलाई बुझाएपछि बुधबार राणाले शपथ लिएका हुन् ।

संसद् सचिवालयले ७ पुस (बिहीबार) प्रतिनिधिसभा सदस्यहरूको शपथ हुने सूचना जारी गरेको छ । राष्ट्रपति भण्डारीले आगामी १० पुससम्म प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरिसकेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर