गठबन्धन बैठक बस्दै, पावर शेयरिङको विषयले प्रवेश पाउने – Nepal Press

गठबन्धन बैठक बस्दै, पावर शेयरिङको विषयले प्रवेश पाउने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बुधवार बस्न लागेको हो ।

बैठक बुधबार बस्ने भनिए पनि समय तोकिएको छैन ।

कांग्रेससहित अन्य गठबन्धन दलले पनि संसदीय दलको नेता चयन गरिसकेको छ । माओवादीले भने दलको नेता चयन गर्न बाँकी छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुस साँझ ५ बजेसम्म प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदको दाबी गर्न समय दिएकी छन् ।

प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायत शक्ति बाँडफाँट गर्ने विषयमा गठबन्धन बैठक केन्द्रित रहने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर