कांग्रेस निर्वाचन : सुत्केरी सांसदलाई मतदान गराउन अस्पतालमै पुगे प्रतिनिधि – Nepal Press

कांग्रेस निर्वाचन : सुत्केरी सांसदलाई मतदान गराउन अस्पतालमै पुगे प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सुत्केरी सांसदलाई मतदान गराउन प्रतिनिधिहरू अस्पताल पुगेका छन् ।

सांसद माया राई सुत्केरी भएका कारण संसदीय दलको कार्यालय सिंहदरबारमा उपस्थित हुन नसकेपछि निर्वाचन समितिका प्रतिनिधिहरू अस्पताल गएका हुन् ।
उनी ओम अस्पतालमा छिन् ।
अन्य सांसदहरूले मतदान गरिसकेका छन् । अब राई एक जना मात्रै बाँकी छन् ।
दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको प्रतिस्पर्धा छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर