साहिद अफ्रिदीकी छोरीसँग साहिनको विवाह तय – Nepal Press

साहिद अफ्रिदीकी छोरीसँग साहिनको विवाह तय

काठमाडौं । पाकिस्तानी युवा क्रिकेटर साहिन साह अफ्रिदी र लिजेन्ड साहिद अफ्रिदीबीच पारिवारिक साइनो गाँसिने भएको छ । साहिदकी छोरीसँग साहिनले विवाह गर्न लागेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पछिल्लो समय पाकिस्तानका सबैभन्दा सफल बलरका रुपमा परिचित साहिन र साहिदकी छोरी आन्सा अफ्रिदी अफेयरमा थिए । उनीहरुको इन्गेजमेन्ट दुई वर्षअघि नै भएको थियो । अहिले दुवैको परिवार बसेर आगामी फेब्रुअरी ३ मा विवाह गर्ने तय गरिएको समाचारमा जनाइएको छ ।

साहिनले आफू साहिदकी छोरीसँग विवाह गर्न इच्छुक रहेको सार्वजनिक रुपमै बताएका थिए । साहिदले पनि साहिनलाई आफ्नो ज्वाइँ बनाउन लागेको पुष्टि गरेका थिए । विवाहको प्रस्ताव साहिनको परिवारले गरेको थियो र साहिदले स्वीकारेका थिए ।

साहिन अहिले आफ्नो शल्यक्रियाले गर्दा मैदान बाहिर छन् । अहिले पाकिस्तानमै भइरहेको इङ्ग्ल्यान्डविरुद्धको श्रृंखला उनले खेल्न पाएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर