एनसेलको विश्वकप फुटबल फाइनलको विशेष लाइभ स्क्रिनिङमा १९०० जना सहभागी – Nepal Press

एनसेलको विश्वकप फुटबल फाइनलको विशेष लाइभ स्क्रिनिङमा १९०० जना सहभागी

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आइतबार २२ औं फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलको विशेष लाइभ स्क्रिनिङ कार्यक्रममा करिब दुई हजार जना सहभागी भएका छन् ।

अन्नपूर्ण होटलको पुलसाइडमा सम्भवत नेपालमा अहिले सम्मकै ठूलो स्क्रिनहरु मध्ये एकमा देखाइएको प्रत्यक्ष प्रसारणमा एक हजार ९०० भन्दा बढी दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो ।

कार्यक्रम स्थलमा दुई ठूला डिजिटल स्क्रिनबाहेक दर्शकको सुविधाका लागि अन्य स्क्रिनहरूमा समेत देखाइएको अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलको प्रत्यक्ष प्रसारणमा उमंग देखिएको थियो ।

एनसेलको ५९९ रुपैयाँमा ६० जीबी पाइने होम एन्ड अवे डेटा प्याकको खरिद गरेका एनसेलका ग्राहकले लाइभ स्क्रिनिङमा सहभागी हुन पाएका थिए । मिडिया हबको मुख्य सहयोगमा आयोजना गरिएको लाइभ स्क्रिनिङ कार्यक्रममा दर्शकहरूले फाइनल खेलको प्रत्यक्ष प्रसारण पुर्व आविष्कार केसी र डिजे बीपीएमको साँगितिक प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *