सार्वजनिक ऋण घट्यो, सरकारले तिर्‍यो आधा खर्बभन्दा बढी रकम – Nepal Press

सार्वजनिक ऋण घट्यो, सरकारले तिर्‍यो आधा खर्बभन्दा बढी रकम

काठमाडौ । सरकारले यो वर्ष आधा खर्ब भन्दा बढी सार्वजनिक ऋण तिरेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले ३६ अर्ब ५७ करोड साँवा र १५ अर्ब २३ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको अर्थमन्त्रालयले जनाएको छ ।

योसँगै सार्वजनिक ऋणको अंश ०.२७ प्रतिशतले घटेको छ । यो घटेपछि सरकारलाई अहिले २० खर्ब ७ अर्ब ६४ करोड रुपैयाँ ऋण छ । सार्वजनिक ऋण घट्नु भनेको प्रतिव्यक्ति ऋणसमेत कम हुनु हो । अहिले वैदेशिक ऋण १० खर्ब ५० अर्ब २३ करोड रुपैयाँ र आन्तरिक ऋण ९ खर्ब ५७ अर्ब ६१ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले जनाएको छ । यो अवधिमा बाह्य ऋण २.३७ प्रतिशतले बढेपनि आन्तरिक ऋण भने ३.०२ प्रतिशतले घटेको छ ।

कुल ग्राहस्थ उत्पादनमा ऋणको हिस्सा केही कम भएको छ । पहिलो ३ महिनासम्म सार्वजनिक ऋण र कुल ग्राहस्थ उत्पादनको अनुपात ४१.३८ प्रतिशत रहेको छ । जबकी गत असारमसान्तसम्म जिडिपिमा ऋणको अनुपात ४१.४९ प्रतिशत थियो । अहिले वैदेशिक ऋणको अंश २१.६४ प्रतिशत र आन्तरिक ऋणको हिस्सा १९.७३ प्रतिशते छ । अहिले नेपालको कुल गार्हस्थ उत्पादन (अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्बको छ ।

नेपालले पहिलो त्रैमासमा लिएको कुल २४ अर्ब ७० करोड बाह्य ऋणमध्ये बहुराष्ट्रिय निकायबाट २१ अर्ब ९३ करोड रुपैयाँ र द्विपक्षीय निकायबाट २ अर्ब ७७ करोड रुपैयाँ ऋण लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *