विश्व विजेता अर्जेन्टिना ट्रफी लिएर घर पुग्यो, लाखौँ समर्थकमाझ खुसीयाली साट्दै – Nepal Press

विश्व विजेता अर्जेन्टिना ट्रफी लिएर घर पुग्यो, लाखौँ समर्थकमाझ खुसीयाली साट्दै

काठमाडौं । विश्वकप विजेता अर्जेन्टिनी टोली ट्रफी लिएर घर पुगेको छ।

कप्तान लियोनल मेस्सी र उनको टिम कतारबाट राजधानी ब्यूनोस आयर्सस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रफी लिएर पुगेका हुन्।

त्यहाँ अहिले रातको समय भएकाले उनिहरुले एयरपोर्ट नजिकै रहेको फुटबल ट्रेनिङ कम्प्लेक्समा समय बिताउनेछन्।

मङ्गलवार अर्जेन्टिनामा खुसीयाली मनाउन त्यहाँ सार्वजनिक बिदा घोषणा गरिएको छ।

अर्जेन्टिनी टोली राजधानी ब्युनोस आयर्समा लाखौँ समर्थकमाझ खुसीयालीमा सहभागी हुने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर