एनएमबी बैंकले ‘अपन एनएमबी बचत खाता’ मा ९ प्रतिशत भन्दा बढी ब्याज दिने – Nepal Press

एनएमबी बैंकले ‘अपन एनएमबी बचत खाता’ मा ९ प्रतिशत भन्दा बढी ब्याज दिने

काठमाडौं । एनएमबी बैंकले ‘अपन एनएमबी बचत खाता’ मा ९ प्रतिशत भन्दा बढी ब्याज दिने भएको छ ।

बैंकले मधेस प्रदेशमा बचत प्रोत्साहन गर्न ९.१३ प्रतिशत ब्याजदर प्रदान गर्ने गरी ‘अपन एनएमबी बचत खाता’ सञ्चलनमा ल्याएको हो ।

बैंकले आकर्षक ब्याजदर प्रदान गर्नुका साथै ग्राहकलाई निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, डिम्याट खाता, अनलाइन मेरो शेयर सुविधा, आस्बा सेवालगायत अन्य सुविधा दिने जनाएको छ ।

एनएमबी बैंकले हाल देशभरमा २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *