राष्ट्र बैंकले ५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै – Nepal Press

राष्ट्र बैंकले ५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौं । राष्ट्र बैंकले ४ वर्षको अवधिको ५ अर्बको विकास ऋणपत्र बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ । केन्द्रीय बैंकले बोलकबोल प्रकृया मार्फत ‘विकास ऋणपत्र २०८३ ज’ नामक विकास ऋणपत्र बिक्री गर्न लागेको हो ।

ऋणपत्र आज बोलकबोल हुने र बुधबार बिक्री गरिने केन्द्रीय बैंकले जनाएको छ ।यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्ने छन् ।

ऋणपत्र घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्क बराबरको सीमामा खरिद गर्न सकिनेछ । यो ऋणपत्र धितोमा राखेर कर्जा लिन सकिने छ ।

यसको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ । २०८३ पुस ३ गते यो ऋणपत्रको साँवा भुक्तानी गर्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *