केरलालाई समेत धन्यवाद दिएको अर्जेन्टिनी टीम फ्यान पेजले नेपाललाई नसम्झिएको भन्दै समर्थकको रोष – Nepal Press

केरलालाई समेत धन्यवाद दिएको अर्जेन्टिनी टीम फ्यान पेजले नेपाललाई नसम्झिएको भन्दै समर्थकको रोष

काठमाडौं । अर्जेटिनी फुटबल टीमको फ्यान पेजले आफ्नो आधिकारिक ट्वीटर पेजबाट एउटा भिडिओ रिट्वीट गर्‍यो । बङ्गलादेशका जनताले अर्जेन्टिनाको जितमा खुसीयाली मनाइरहेको दृश्य सो भिडिओमा कैद थियो ।

उक्त पेजले भिडिओ सेयर गर्दै बङ्गलादेशी समर्थकलाई धन्यवाद दिएको छ । उक्त ट्वीटरमा भारत, पाकिस्तान र भारतकै एउटा राज्य केरलालाई पनि सम्बोधन गरिएको छ ।

‘धन्यवाद बङ्गलादेश । धन्यवाद केरला, भारत, पाकिस्तान । तपाईँहरूको समर्थन गज्जबको थियो ।’ टिमले भनेको छ ।

तर, यसरी भारतको एउटा राज्यसम्मलाई धन्यवाद दिँदा नेपाललाई सम्बोधन गरिएन । जबकि नेपालमा अर्जेन्टिना र लियोनल मेस्सीका लागि निकै ठूलो समर्थन थियो । विश्वकप फाइनलमा अनुमानित ७५ प्रतिशतभन्दा बढीले अर्जेन्टिनाको समर्थन गरेका थिए ।

तर, आफूहरूलाई नसम्झिएको भन्दै नेपाली फ्यान अहिले रुष्ट बनेका छन् ।

उक्त ट्वीटमा नेपालमा अर्जेन्टिनाको जितको खुसी मनाइएको भिडिओ पनि उनीहरूले पोस्ट गरेका छन् ।

 

केरला किन सम्झियो ?

केरला भारतकै राज्य हो । टिमको ट्विटमा भारत उल्लेख भइसकेपछि केरलालाई किन छुट्टै धन्यवाद दिइयो भन्ने पनि कौतुहल छ ।

भारतमा फुटबल पहिलो प्राथमिकताको खेल होइन । भारतका अधिकांश स्थानहरूमा क्रिकेट सर्वाधिक लोकप्रिय छ । फुटबललाई भारत सरकारले पनि उति प्राथमिकता दिँदैन । तर, केरला भने फुटबल प्रेमीहरूको राज्य हो ।

अरू राज्यभन्दा भिन्न यहाँ क्रिकेटभन्दा फुटबल लोकप्रिय छ । सबैभन्दा बढी लियोनल मेस्सीकै समर्थक छन् । त्यसैले अर्जेन्टिनाको जितपछि यहाँ निकै ठूलो उत्सव मनाइएको थियो । यसबारे जानकार भएर नै टिमले केरलालाई छुट्टै धन्यवाद दिएको बुझिन्छ ।

प्रतिक्रिया

One thought on “केरलालाई समेत धन्यवाद दिएको अर्जेन्टिनी टीम फ्यान पेजले नेपाललाई नसम्झिएको भन्दै समर्थकको रोष

  1. ठीक गरेछन् अर्जेन्टिनाले राज्यको विरुद्धको कुनै पनि नागरिक हुन सक्तैनन् भन्ने अर्जेन्टिनाबासी🇦🇷 खेलाडीका सन्देशलाई हाम्रा बुज्रक नेफोली🇳🇵हरु कहिले सक्ने ? सबैले चेतना भया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर