देश श्रीलंका हुन्छ भन्ने त्रासबाट अघि बढिसक्यो : बैंकर्स ज्ञवाली – Nepal Press

देश श्रीलंका हुन्छ भन्ने त्रासबाट अघि बढिसक्यो : बैंकर्स ज्ञवाली

काठमाडौ । देश श्रीलंका जस्तो हुन्छ भन्ने त्रासबाट अघि बढिसकेको विज्ञले बताएका छन् । नेपालको भुक्तानी सन्तुलनमा चरम दवाव, वैदेशिक मुद्राको सञ्चितीमा ह्रास जस्ता कारणले देश श्रीलंकापथमा गएको भन्दै विज्ञहरुले टिप्पणी गर्ने गरेको थिए ।

तर अहिले त्यो अवस्थाभन्दा निकै माथि आएको बैंकर्स मनोज ज्ञवालीले बताए । प्रेसिडेन्सियल विजनेश कलेजले आयोजना गरेको चुनाव पछिको बैकिङ क्षेत्रसम्बन्धी अन्तरक्रियामा ज्ञवालीले देश श्रीलंका हुन्छ भन्ने त्रासबाट मुक्त भइसकेको बताएका हुन् । उनले बैंकहरुको कर्जा निक्षेप अनुपात ८६ प्रतिशत रहेकोले बैकिङ क्षेत्र केही सहज अवस्थामा भएको पनि बताए ।

सिडि रेसियोलाई आधार मान्ने हो भने बजारमा अहिले २ खर्ब हाराहारीमा ऋणयोग्य लगानी रहेको उनले भने । यस्तै अहिलेको महंगी नेपालले मात्र नभएर विश्वले झन बढी भोग्नु परेको पनि उनले बताए ।

यता विज्ञ विश्वास गौचनले पनि विगत ५ वर्षको तुलनामा देशको अर्थतन्त्रमा व्यापक परिवर्तन आएको बताए । नाकाबन्दी, प्राकृतिक प्रकोप र महामारीको सामाना गरेको नेपालकाृ अर्थतन्त्र अहिले अघि बढीरहेको उनले बताए ।

विज्ञहरुले अहिले कहीँ न कहीँ सकारात्मक संकेत देखिएको बताएका छन् । यद्यपी, देशको राजस्व संकलन भने प्रभावित भएको उनीहरुको भनाइ छ । यसमा अयात प्रतिबन्धलाई मुख्य कारण मानिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *